काठमाडौंमा १०.७ मिलिमिटर वर्षा, सिमरामा १३ मिलिमिटर

काठमाडौंमा १०.७ मिलिमिटर वर्षा, सिमरामा १३ मिलिमिटर

केन्द्रबिन्दु
0
Shares

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेसँगै देशभर वर्षा भएको छ। उच्च पहाडी र हिमाली भेगमा मात्र होइन काठमाडौंका डाँडामा पनि हिउँ परेको छ।

बुधबार बिहान काठमाडौंमा १०.७ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । काठमाडौंमा मंगलबार वर्षा भएको थिएन।

कीर्तिपुर ११.४ मिलिमिटर वर्षा मापन भएको छ। अहिले पनि काठमाडाैंमा फाट्टफुट्ट वर्षा भइरहेकाे छ।

महाशाखाको ताजा विवरण अनुसार दिपालयमा १२, डडेल्धुरामा १२.२ र धनगढीमा २ मिलिमिटर वर्षा भएको छ। त्यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा ५, नेपालगन्जमा २, जुम्लामा २.६ र घोराहीमा ०.६ मिलिमिटर वर्षा मापन भएको छ।

पोखरामा ६.५, भैरहवामा १२.६, सिमरामा १३, ओखलढुंगामा ३ र ताप्लेजुङमा १२.३ मिलिमिटर वर्षा भएको छ । धनकुटा र जनकपुरमा क्रमशः २.८ र १.५ मिलिमिटर वर्षा भए पनि विराटनगरमा वर्षा मापन भएको छैन।

महाशाखाका अनुसार आज दिउँसो पनि देशका धेरै स्थानमा वर्षा हुनेछ। बिहीबारबाट मात्र मौसममा सुधार आउने आँकलन गरिएको छ। 

Skip This
Skip This
Logo