जनआन्दोलनमा ढालिएको राजा वीरेन्द्रकाे सालिक पुनः राखियो

जनआन्दोलनमा ढालिएको राजा वीरेन्द्रकाे सालिक पुनः राखियो

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारमा रहेको स्व.राजा वीरेन्द्रको सालिक १६ वर्षपछि पुनः राखिएको छ। २०६२-०६३ सालको जनआन्दोलनका क्रममा स्व. राजा वीरेन्द्रको सालिक आन्दोलनकारीले ढालेका थिए। 

वीरेन्द्रको सालिक राख्ने विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो। एक पक्षले राख्नुपर्ने र अर्काे पक्षले राख्न नहुने विवादकै कारण सालिक स्थापना हुँदै आएको थियो। 

बुधबार दिउँसो स्वतन्त्र सुर्खेतीबासी जनता समूहले राजा वीरेन्द्रको सालिक राखेको हो। गोरक्ष पिठाधीश योगी बलभद्रको अगुवाइमा युवाहरूको समूहले वीरेन्द्रचोकमा सालिक राखेको हो।  सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रको गुरुयोजना स्व.राजा वीरेन्द्रले नै बनाउन लगाएकाले उनको सालिक राख्नुपरेको पिठाधीश बलभद्रले बताए। 

वीरेन्द्र २०२३ मा सुर्खेत भ्रमण आएका थिए। उक्त समयमै राजाले उपत्यका मन पराएकाले २०२९ सालमा सहरी योजनाविद् माधवभक्त माथेमाले नगरको गुरुयोजना बनाएका थिए। आफूले अति रुचाएको ठाउँ भएकाले वीरेन्द्रले गुरुयोजना कार्यान्वयन गर्न लगाएका थिए। राजाको सालिकसहित बीच बजारको चौकलाई वीरेन्द्रचोक नामाकरण गरिएको थियो।

भारतको जयपुरबाट बनाएर ल्याइएको वीरेन्द्रको सालिक २०४३ सालमा राखिएको थियो। वीरेन्द्रसँगै आएकी रानी ऐश्वर्याले सालिकको अनावरण गरेकी थिइन्। 

वीरेन्द्रनगरलाई गुरुयोजनासहितको सहर निर्माण गर्ने वीरेन्द्रको सम्मानका यो सहरको नाम राखिएको कालीप्रसाद पाण्डे बताए । ‘२०२३ सालमै अञ्चलाधीश रामबहादुर रावलले त्यस खबतका युवराज वीरेन्द्रको नामबाट यसको नामाकरण गरेका थिए,’ उनले भने, ‘त्यसबखत युवराजको नामबाट नामाकरण भएको यो नेपालकै पहिलो सदरमुकाम र पहिलो सहर पनि हो।’

Skip This
Skip This
Logo