तेल बाेकेको ट्याङ्कर त्रिशूलीमा खस्यो : चालक र सहचालक सम्पर्कविहीन

तेल बाेकेको ट्याङ्कर त्रिशूलीमा खस्यो : चालक र सहचालक सम्पर्कविहीन

केन्द्रबिन्दु
0
Shares

नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत नौ किलोबाट ट्याङ्कर त्रिशूलीमा खसेको छ। तेल बोकेको ट्याङ्कर बुधबार साँझ त्रिशूलीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याङ्कर इच्छाकामना गाउँपालिका-६ नौ किलाेबाट त्रिशूलीमा खसेको हो।

ट्याङ्करका चालक र सहचालक सम्पर्कविहीन रहेको उनले जानकारी दिए। ट्याङ्करको केही भाग मात्र पानी बाहिर देखिएको छ। घटना लगत्तै उद्धार र खोजी कार्यमा जुटेको उनले बताए।

Logo