रसुवागढी भन्सारबाट मंसिर महिनामा लक्ष्यभन्दा ८८ प्रतिशत बढी राजस्व संकलन

रसुवागढी भन्सारबाट मंसिर महिनामा लक्ष्यभन्दा ८८ प्रतिशत बढी राजस्व संकलन

केन्द्रबिन्दु
0
Shares

रसुवागढी भन्सार कार्यालय टिमुरेले मंसिर महिनामा लक्ष्यको ८८.३९ प्रतिशत राजस्व संकलन गरेको छ।

भन्सार प्रमुख रामप्रसाद मैनालीका अनुसार मंसिरमा ५४ करोड ७१ लाख १९ हजार राजस्व संकलनकाे लक्ष्य रहेकामा १ अर्ब ३ करोड ६ लाख ९७ हजार राजस्व संकलन भएकाे हाे। जुन मंसिर महिनामा राखिएको लक्ष्यको तुलनामा ४८ करोड ३५ लाख ७८ हजार  राजस्व बढी हो।

गत वर्ष मंसिर महिनामा ३६ करोड ९८ लाख ०८ हजार राजस्व संकलन भएकाे थियो। गत वर्षको तुलनामा यो वर्ष ६६ करोड ८ लाख ८९ हजार बढी राजस्व संकलन भएको छ। 

रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्तः शुल्क भ्याट लगायतका शुल्क बापत भन्सार असुली गर्ने गर्छ। 

कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको व्यापार प्रभावित भएको दुई वर्ष पुग्न लागेको छ। यसको असर भन्सार राजस्व संकलनमा पनि देखिएको छ। रसुवा भन्सार कार्यालयले गएको वर्ष वार्षिक लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेको थिएन। 

चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपाल तर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिक लगायतका सामाग्री भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामाग्री जाने भए पनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुल्ला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ।

Skip This
Skip This
Logo