सरकारले तमु समुदायको संस्कृति संरक्षणमा सहयोग गर्छः प्रधानमन्त्री देउवा

सरकारले तमु समुदायको संस्कृति संरक्षणमा सहयोग गर्छः प्रधानमन्त्री देउवा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु समुदायको भाषा, संस्कृतिको संरक्षण, संवर्द्धन गर्न सरकारले सहयोग गर्ने बताएका छन्। बिहीबार तमु ल्होसारको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले तमु समुदायको भाषा, संस्कृति, संविधानको संरक्षण, संवर्द्धन गर्न सरकारले सहयोग गर्ने बताएका हुन्। 

उनले आजको पर्वले मुलुकको आर्थिक तथा सामाजिक विकासमा गुरुङ समुदायले पुर्याउँदै आएको योगदानलाई उजागर गर्न र सो समुदायको सभ्यता र संस्कृतिलाई अरु समुदाय समक्ष चिनाउन मद्दत गर्ने बताए। प्रधानमन्त्री देउवाले ल्होसार पर्वले तमु समुदायहरुमा विभिन्न वर्ग, संस्कृति, समुदाय र क्षेत्रसँग सम्वद्ध नागरिकको बीच आपसी मेलमिलाप, श्रद्धा र सहिष्णुता सुनिश्चित गर्न पनि सहयोग पुग्ने विश्वास लिएको बताए।

गुरुङ समुदायले पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउने गर्छन्। पुरानो वर्षलाई बिदाइ गरेर नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।

Logo