खेलाडीलाई राजनीतिक दलहरूले दुरुपयोग गर्ने गरेका छन्ः गोकुल बाँस्कोटा

खेलाडीलाई राजनीतिक दलहरूले दुरुपयोग गर्ने गरेका छन्ः गोकुल बाँस्कोटा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं नेपाल खेलकुद महासंघका इन्चार्ज गोकुल बाँस्कोटाले राजनीतिक दलले खेलाडीलाई दुरुपयोग गर्ने गरेको बताएका छन्।

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका बाँस्कोटाले पञ्चायतकालमा व्यवस्था जोगाउन तथा बहुदल कालमा दलले बुथ कब्जा गर्न खेलाडीलाई दुरुपयोग गरेको भन्दै अब त्यसो हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे।

नेपाल खेलकुद महासंघले आफ्नो सम्मानमा बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अब खेलाडीलाई भोट प्राप्त गर्ने भोटिङ मेसिनको रूपमा प्रयोग हुन नदिने बताए। बाँस्कोटाले खेल क्षेत्र र त्यसका खेलाडीलाई राष्ट्र निर्माणका लागि उपयोग गर्नुपर्ने उनकाे भनाइ थियाे।

उनले खेल क्षेत्रले राष्ट्र, राष्ट्रियता र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। बाँस्कोटाले राष्ट्रको उन्नतीका लागि उपयोगी हुने खेल क्षेत्रको विकासमा सहयोग गर्न सबै सामाजिक संघ, संस्थालाई आह्वान पनि गरे।

त्यस अवसरमा बाँस्कोटाले खेलाडीको मनोबल बढाउने काम गरेको भन्दै पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रशंशा गरे। उनले खेलाडीलाई अपराधिक गतिविधिमा मुछ्ने प्रयास हुन दिन नहुनेतर्फ सचेत गराए ।

कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटीका सदस्य एवं मोर्चा मोर्चा विभागका इन्चार्ज भानुभक्त ढकाल, पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल लगायतका नेताले सम्बोधन गर्दै खेलकुद क्षेत्रको विकासमा लागि पर्ने प्रतिबद्धता जनाएका थिए।

Skip This
Skip This
Logo