काठमाडौंमा पार्टीकाे महाधिवेशन जारी रहँदा नेता पुनले चीनमा बढाए भेटघाट

काठमाडौंमा पार्टीकाे महाधिवेशन जारी रहँदा नेता पुनले चीनमा बढाए भेटघाट

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वास्थ्यमा सुधार आएसँगै भेटघाटमा व्यस्त हुन थालेका छन्। सोमबार मात्रै चीनका उपमन्त्री चेन झाओसँग भेटवार्ता गरेका नेता पुनले आज ग्वान्झाओका महावाणिज्यदूत लगायतको टोलीसँग भेट गरेका हुन्। भेटमा महावाणिज्यदूत रामशरण पुडासैनीसँगै एनआरएनएका अध्यक्ष यादव अर्याललगायत सहभागी थिए। 

यतिबेला पुनको पार्टी नेकपा माओवादी केन्द्र भने काठमाडौंमा आठौं महाधिवेशन गरिरहेको छ । 

बिहीबारको भेटका क्रममा नेपाली टोलीले चीनसँगको व्यापार तथा पारवहन लगायतका क्षेत्रमा अवस्था सहज बनाउनका लागि नेपाल सरकारको ध्यानाकर्षण गराईदिन माग गरेका थिए।

नेता पुनको स्वास्थ्य लाभको कामना गर्न सेनजेनस्थित अस्पतालमा पुगेका उनीहरुले तातोपानी तथा केरुगं नाकाबाट आयात निर्यातको मात्रा बढाउनु पर्ने, नेपाल चीनबीचको उडान सूचारु गराउन नेपाल सरकारले पहल गर्नुपर्ने बताएका थिए । नेता पुनले यस विषयमा नेपाल आएर सरकारसँग छलफल गरेर पहल गर्ने जवाफ दिएको भेटमा सहभागि पूर्वसभामुख तथा नेता पुनकी पत्नी ओनसरी घर्तीले जानकारी दिएको पुनको सचिवालयले जनाएको छ।

महावाणिज्यदूत पुडासैनीले चीन सरकार नेपालको कृषि, वाणिज्य तथा व्यापारलगायतका क्षेत्रमा सहयोग र ऊर्जा लगायतका क्षेत्रमा लगानी गर्न समेत उत्सुक रहेकाले सोही अनुसारको वातावरण बनाउन पहल गर्नुपर्ने बताएका थिए।

नेता पुनसँग केही दिन अघि ल्हासाका महावाणिज्यदूत नवराज ढकालले पनि भेट गरेर स्वास्थ्य लाभको कामनासहित दुई देशबीचको व्यापार र वाणिज्यको क्षेत्र फराकिलो बनाउन पहल गरिदिन माग गरेका थिए।

बंगाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगका कारण झण्डै ३ महिनादेखि उपचार गराईरहेका नेता पुन बैंककमा निको नभएपछि चीन गएका हुन्। माओवादीको आठौं राष्ट्रिय महाधिवेशन जारी रहँदा चीनमा उपचाररत छन्। चिकित्सकको सल्लाहपछि अब छिटै नेपाल फर्कने उनले जानकारी दिएका छन्।  

जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंकक तर्फ लागेका थिए। उनको मंसिर १० गतेयता चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज मा उपचार भइरहेको छ। 

Skip This
Skip This
Logo