एमाले पार्टीको रुपमा नभएर पाटीपौवामा परिणत भइसक्योः माधव नेपाल

एमाले पार्टीको रुपमा नभएर पाटीपौवामा परिणत भइसक्योः माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रुपमा नरहेको टिप्पणी गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसकेको दावीसमेत गरे । बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेको क्रान्तिकारी नै भुत्ते भएकाले आफूहरुले क्रान्तिकारी धारको नेतृत्वसहित नयाँ पार्टी गठन गरेको तर्कसमेत गरे । अध्यक्ष नेपालले एमालेमा केही गरौं भन्ने भावनासमेत नरहेको आरोप लगाए।

उनले भने, ‘त्यो पुरानो एमाले पार्टीमा क्रान्तिकारी धार नै रहेन । धार भुत्ते भयो । भएपनि काम नलाग्ने, त्यो त्यत्तिकै फलामको डल्लो हुन पुग्दछ । धारै छैन । क्रान्तिकारी चिन्तन नै छैन । परिवर्तनको संकल्प नै छैन । निःस्वार्थ भावना पनि छैन। केही गरौं भन्ने पवित्र सोच नै छैन । क्रान्तिकारी भावना छैन, समर्पणको भावना छैन भने त्यो पार्टी पार्टी रहँदैन । त्यो पाटीपौवा हुन पुग्दछ । त्यो पाटीपौवाको केही काम छैन।’

अध्यक्ष नेपालले जनतालाई सुखी बनाउने र मुलुकलाई समृद्ध बनाउने संकल्पका साथ आफ्नो पार्टी अघि बढिरहेको दोेहोर्याए। उनले जनताको पीडालाई सम्बोधन गरेर आफ्नो पार्टी अघि बढने भन्दै टोलटोलमा गएर पार्टीको संगठन निर्माणमा जुटन पनि नेता, कार्यकर्तालाई निर्देशन दिए।

Skip This
Skip This
Logo