मोबाइल वालेट ‘आईएमई पे’मार्फत चन्द्रागिरि केबुलकारको टिकट बुकिङ गर्दा प्रयोगकर्ताले ३० प्रतिशत क्यास व्याक पाउने भएका छन्। कम्पनीले जाडो मौसमलाई लक्षित गरी सुरु गरेको याे योजना १ जनवरीसम्म मात्र मान्य हुनेछ।
योजनाअन्तर्गत प्रयोगकर्ताले आईएई पे वालेटबाट केबुलकारको टिकट बुकिङ गरेपछि ३० प्रतिशत रकम प्रयोगकर्ताको वालेटमै फिर्ता हुनेछ।
प्रयोगकर्ताले आईएमई पे मार्फत काटेको टिकटमा मात्र यो अफर लागू हुने कम्पनीले जनाएको छ।
आईएमई पे तथा चन्द्रागिरी हिल्स दुवै आईएमई ग्रुपद्वारा प्रवद्धित कम्पनी हुन् ।































प्रतिक्रिया