एकीकृत समाजवादीको राजनीतिक यात्रा जनतादेखि जनतासम्म होः माधव नेपाल

एकीकृत समाजवादीको राजनीतिक यात्रा जनतादेखि जनतासम्म होः माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताएका छन्।

शुक्रवार काठमाडौंमा आयोजित नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद् नेपाल एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताएका हुन्। उनले जनताको हित र कल्याणका लागि सुकुम्वासीको समस्या, समावेशिताको राजनीति, समाजवादको यात्रालगायतका धेरै लोकप्रिय कार्यक्रमहरु अघि सारेको बताए। 

अध्यक्ष नेपालले आफ्नो पार्टीले अन्याय, अत्याचारको बिरुद्धमा, शोषण उत्पीडनकाविरुद्धमा, विभेदहरुको बिरुद्धमा, अनेकौँ आन्दोलन, मजदुर, किसान, श्रमजीविको हकहीतको बारेमा विभिन्न कार्यक्रम गरिरहेको पनि बताए। उनले आफ्नो पार्टीको उद्देश्य र लक्ष्य चुनावदेखि चुनावसम्म नभएर जनतादेखि जनतासम्म भएको बताए।

अध्यक्ष नेपालले नयाँ पुस्ता, पुरानो पुस्ता, आम जनता, मजदुर, किसान,  न्युन पुँजीपति वर्ग, मध्यम वर्गका मानिसहरुले भोगिरहेका समस्याहरुलाई आफ्नो समस्याको रुपमा लिने गरेको बताए। 

Skip This
Skip This
Logo