ललिता निवास प्रकरण : १ सय १० जनाविरुद्ध पक्राउ पुर्जी जारी, नाम भने गाेप्य

ललिता निवास प्रकरण : १ सय १० जनाविरुद्ध पक्राउ पुर्जी जारी, नाम भने गाेप्य

केन्द्रबिन्दु
0
Shares

बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा १ सय १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

काठमाडौं जिल्ला अदालतले नक्कली मोही खडा गरी किर्ते कागजात तयार पार्ने कर्मचारी, भूमाफिया र तत्कालीन भोगाधिकारी, बिचौलियासहित १ सय १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। 

गत आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र शुक्रबार आठ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले बताए।

पुर्जी जारी भएकाको विवरण गोप्य राखिएको छ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विभिन्न समयमा व्यक्तिको नाममा नामसारी गरिएको थियो।

Logo