आज नवौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाईंदै

आज नवौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाईंदै

केन्द्रबिन्दु
0
Shares

जागरुक युवा अभियान नेपालले विगतका वर्षहरुमा झैँ यसवर्ष पनि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्यरुपमा मनाउँदैछ। 

अभियानले विगत ९ वर्षदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ (पुस १७) का दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आएको हो । तर यस वर्ष भने कोरोना महामारीका कारण नेपाली टोपी दिवसको औपचारिक कार्यक्रम नहुने र सामाजिक सञ्जालबाटै जे सकिन्छ त्यही कार्यक्रम गर्न आयोजक जागरुक युवा अभियान नेपालले सबैमा अनुरोध गरेको छ।

विगत वर्षहरुमा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा यस संस्थाले काठमाडौँको माइतीघर मण्डलामा भेला भई प्रभातफेरी कार्यक्रम गर्दै आएको थियो। कार्यक्रममा सबै उमेर समूहका कलाकार, विद्यार्थी, पत्रकार तथा विभिन्न पेशाकर्मीहरुको उल्लेख्य सहभागिता रहने गरेकोमा यसपटक भने विश्व महामारीका रुपमा फैलिएको कोरोना प्रभावको असर नेपाली टोपी दिवसको कार्यक्रममा पनि पर्ने देखिएको हो । गत वर्ष पनि कोरोनाकै कारण प्रभातफेरी कार्यक्रम भएको थिएन।

अंग्रेजी नयाँ वर्ष मनाउनु नराम्रो कुरा होइन तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ भन्ने उद्देश्यले यसै दिन नेपाली टोपी दिवस मनाउन सुरुवात गरिएको जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले बताए । ०६८ सालमा तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले नेपाली राष्ट्रिय पोशाकलाई औपचारिकरुपमा हटाएपछि त्यसलाई ससम्मान फिर्ता हुनु पर्ने मागसहित सरकारलाई दबाब दिनका लागि नेपाली टोपी दिवस मनाउन थालिएको हो।

३ वर्षअघि यस संस्थाले माइतीघरमा सबैभन्दा ठूलो आकारको नेपाली टोपी प्रदर्शन गरेको थियो । हरेकवर्ष नयाँ नयाँ कार्यक्रम गर्ने गरिए पनि यसवर्ष भने भिडभाड गरि कार्यक्रम नगरिने संस्थाले जनाएको हो। तैपनि नेपाली टोपी दिवसको महत्व उजागर गरिने गरि कार्यक्रम भने गरिने बताइएको छ। पछिल्ला केही वर्ष यता जनवरी १ लाई नेपालीहरुले नेपाली टोपी दिवसका रुपमा मनाउँदै आइरहेका छन् । यसको सुरुवात जागरुक युवा अभियान नेपालले नै गरेको हो।

फाइल फाेटाे

Skip This
Skip This
Logo