आज ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आजसम्म रहेको छ। मिर्मिरे लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, प्रोग्रेशिभ फाइनान्स, सेञ्चुरी कमर्सियल बैंक र कालिका पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आजसम्म रहेको हो।

सेञ्चुरी कमर्सियल बैंकले साधारण सभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गरेसँगै आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ दशमलव ७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ। यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा साधारण सभा आयोजना गरेको छ । 

मिथिला लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गर्ने भएसँगै आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्। कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ। 

त्यस्तै, प्रोगेशिभ फाइनान्स कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गरेसँगै आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्। कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ। 

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस १९ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने भएकाले आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको ह । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते होटल सारथि धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान ११:३० बजे साधारण सभा गर्ने जानकारी दिएको छ। 

त्यसैगरी, कालिका पावर कम्पनीले पनि साधारण सभा प्रयोजनको लागि पुस १९ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने भएकाले आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्। कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ। 

Skip This
Skip This
Logo