नयाँ वर्षको पार्टीमा गोली चल्यो, तीन जनाको मृत्यु

नयाँ वर्षको पार्टीमा गोली चल्यो, तीन जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अमेरिकामा गाेली हानाहान हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ। मिसिसिपी राज्यको गल्फपोर्टमा नयाँ वर्षको पार्टीमा गोली चल्दा अन्य चार जना घाईते भएका छन्। 

पार्टीमा धेरै मानिहरुको जमघट भएको थियो। गल्फपोर्ट गोलीकान्डका दोषीको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा ५० भन्दा बढी पटक गोली चलेको थियो। मदिरा र लागू औषधिको सेवनपछि विवाद हुँदा गोली चलेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

प्रहरीका अनुसार आक्रमणका एक घाईतको अवस्था गम्भीर छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरेको छ।एजेन्सी

Skip This
Skip This
Logo