सर्लाहीको ईश्वरपुरस्थित सागरनाथ जंगलका भएको मोटरसाइकल दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।
ईश्वरपुर नगरपालिका–३, स्थित भक्तिपुर–वयलवास सडकखण्डको सागरनाथ जंगलमा आइतबार भएको मोटरसाइकल दुर्घटनामा परेर ईश्वरपुर नगरपालिका–१० का अरुण सिंह, सोेही स्थानका श्रगम विश्वकर्मा र रोहन सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
उनीहरू सवार बा १९ प ७१९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रुखमा ठोकिएको थियो । उनीहरू सडकबाट १० मिटर तल पुगेका थिए ।
प्रहरीका अनुसार उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुडाथोकीले जानकारी दिए ।
एकैगाउँका तीन जनाको मृत्युले गाउँ पुरै शोकमा डुबेको छ ।
संकेतीक तस्बिर































प्रतिक्रिया