बैंक तथा वित्तीय संस्थाहरूमा गत साता ८ अर्ब निक्षेप थपियो

बैंक तथा वित्तीय संस्थाहरूमा गत साता ८ अर्ब निक्षेप थपियो

केन्द्रबिन्दु
0
Shares

गत साता बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ८ अर्ब रुपैयाँ बढेको छ। ४८ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा गत शुक्रबारसम्ममा निक्षेप बढेर ४८ खर्ब १९ अर्ब पुगेको छ। 

बाणिज्य बैंकहरूको निक्षेप ४२ खर्ब ४३ अर्बबाट ४२ खर्ब ४९ अर्ब पुगेको छ भने विकास बैंक तथा वित्त कम्पनीहरूको पाँच खर्ब ६८ अर्बबाट वृद्धि भई पाँच खर्ब ६९ अर्ब पुगेको छ। 

यसैगरी बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी पनि दुई अर्ब रुपैयाँले वृद्धि भएको छ। कुल ऋण लगानी ४६ खर्ब १५ अर्ब रुपैयाँबाट वृद्धि भई ४६ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ। 

गत सातामात्र राष्ट्र बैंकले ११ अर्ब ४८ अर्ब पुनर्कर्जा स्वीकृत गरेको थियो। राष्ट्र बैंकले पुनर्कर्जा स्वीकृत गरी बैंक तथा वित्तीय संस्थामा पठाएपछि तरलताको अवस्था केही सहज देखिएको हो। 

तरलताको अवस्था सहज भएपछि बैंकहरूको औसत कर्जा-निक्षेप (सिडी) अनुपात पनि ९० दशमलव ७६ प्रतिशतमा झरेको छ। 

Skip This
Skip This
Logo