राष्ट्रिय सभा निर्वाचनमा भागबन्डा गर्न बालुवाटारमा गठबन्धनको बैठक जारी

राष्ट्रिय सभा निर्वाचनमा भागबन्डा गर्न बालुवाटारमा गठबन्धनको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी गठबन्धनको बैठकमा आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचन गरिने भागबन्डामा विषयमा छलफल भइरहेको छ। 

आउँदो १२ माघमा राष्ट्रिय सभाका १९ सदस्यका लागि हुन लागेको निर्वाचनमा गठबन्धनभित्रबाट भागबन्डा मिलाएर उम्मेदवारी दिने तयारी स्वरुप बैठक बसेको हो। 

कांग्रेसले १०, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) चार, चार र जनता समाजवादी पार्टीलाई एक सिट दिने गरी भागबन्डा गरिन लागेको चर्चाका माझ गठबन्धनको बैठक बसेको हो।

मंगलबार उम्मेद्वारी मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका रहेकाले अघिल्लो दिन सोमबार गठबन्धनको बैठक बसेको हो। 

Skip This
Skip This
Logo