नेपाल विद्युत् प्राधिकरणको कार्गो (मालसामान) नेपाल वायु सेवा निगमको जहाजमार्फत ढुवानी गर्ने सम्झौता भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विदेश भ्रमण जाँदा र कार्गो (सामान ढुवानी) गर्दा निगमकै जहाज प्रयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
सोमबार सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको सम्झौतामा प्राधिकरणको सामान ढुवानी र त्यहाँका कर्मचारीले विदेश भ्रमण गर्दा निगमकै जहाज प्रयोग गर्ने उल्लेख गरिएको छ । कार्यक्रममा बोल्दै मन्त्री आलेले निगम र प्राधिकरणको कुशल नेतृत्वले सो सम्झौता गरेर प्रशंसनीय कार्य गरेको भन्दै खुसी व्यक्त गरे । उनले निगमकै जहाज प्रयोग गर्न नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरू तथा निजी क्षेत्रका उद्योग र व्यापारीहरूलाई पनि आग्रह गरेका छन् ।
मन्त्री आलेले भने, ‘हामीले प्राधिकरण मात्रै नभएर प्राइभेट सेक्टरमा रहेका व्यापारी, उद्योगीहरूको सरसामान ओहोरदोहोर गर्दा पनि हामीले नै पाउनेछौँ । यो एउटा प्रशंसनीय काम भएको छ । यसका निमित्त आदरणीय कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्षज्यूलाई आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु । र सम्पूर्ण उच्च पदस्थ कर्मचारीहरूलाई निगमकै जहाज प्रयोग गरिदिन हुन अनुरोध गर्न चाहन्छु ।’
कार्यक्रममा बोल्दै निगमका कार्यकारी अध्यक्ष अधिकारीले आफूहरूको सो प्रस्ताव सहर्ष स्वीकार गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणको नेतृत्वलाई धन्यवाद दिएका थिए । यता, प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले सम्झौतामा उल्लेखित गरिएका कुराहरूलाई अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निगमलाई उकास्न पनि प्राधिकरणसँग गरिएको सो सम्झौताले सघाउ पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणको कार्गो (मालसामान) नेपाल वायु सेवा निगमको जहाजमार्फत् ढुवानी
नेपाल विद्युत प्राधिकरणको कार्गो (मालसामान) नेपाल वायु सेवा निगमको जहाजमार्फत् ढुवानी गर्ने सम्झौंता कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सम्झौंतामा उल्लेखित गरिएका कुराहरुलाई अक्षरसः पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । #kulmanghising #nepalbidhutpradhikaran #kendrabindu
Posted by Kendrabindu – केन्द्रबिन्दु on Monday, 3 January 2022































प्रतिक्रिया