नेकपा (एस) ले टुंगो लगायो राष्ट्रिय सभाका उम्मेदवार

नेकपा (एस) ले टुंगो लगायो राष्ट्रिय सभाका उम्मेदवार

केन्द्रबिन्दु
0
Shares

एकीकृत समाजवादी पार्टीले आगामी १२ माघ हुने राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । एकीकृत समाजवादीले सोमबार पाँच प्रदेशबाट एक–एक जना उम्मेदवार छनोट गरेको हो ।

जसमा प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिना, लुम्बिनीबाट राज्यलक्ष्मी गैरे, कर्णालीबाट उदय बोहोर र सुदूरपश्चिम प्रदेशबाट मदनकुमार शाहको नाम टुंगो लागेको हो।

पाँच दलीय गठबन्धनले सोमबार १९ सिटमध्ये कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पाँच–पाँच, जसपालाई दुई र राष्ट्रिय जनमोर्चालाई एक सिट दिने सहमति गरेको थियो ।

Skip This
Skip This
Logo