युनीग्लोव कलेजको ‘जब प्लेसमेन्ट डे’ सम्पन्न

युनीग्लोव कलेजको ‘जब प्लेसमेन्ट डे’ सम्पन्न

केन्द्रबिन्दु
0
Shares

नयाँ बानेश्वरमा रहेको युनीग्लोव कलेजको आयोजनामा एक दिने जब फेयर २०२२ को दोस्रो संस्करण सम्पन्न भएको छ । कार्यक्रमलाई जब प्लेसमेन्ट डे पनि भनिएको छ । 

कलेजबाट पास आउट भएका बिबिए र एमबिए ग्राजुएटेड र अन्डरग्रजुएटेड विद्यार्थीहरू यस कार्यक्रममा सहभागी भएका हुन । यो डे जब मार्केटको लागी कम्पनीहरूलाई कलेजमै बोलाएर रिक्रुटमेन्ट गर्ने प्रक्रिया हो । २५ वटा फरक सुपरिचित कम्पनीका  मानव संशोधन व्यवस्थापक र टिम संलग्न रहेको उक्त कार्यक्रममा युनीग्लोबल कलेजका १०० भन्दा बढी विद्यार्थीहरूले अन्तरवार्ता दिएका छन् । 

जसमा सफल भएका मध्यबाट  जब अपोइन्टमेन्ट लेटर अफर गरिन्छ । यो कार्यक्रम कलेजले आफ्ना विधार्थीहरुलाई जब मार्केटमा पठाउनका लागी  गरिने विशेष खालको कार्यक्रम भएको कलेजले जानकारी दिएको हो । विद्यार्थीहरू आफूले मन पराएको कम्पनीमा  जब प्लेसमेन्टको लागी आफूहरू विश्वत रहेको बताएको आफूले पाएको कलेजका प्रिन्सिपल विष्टले बताए । 

अन्तरवार्ता दिएका मध्ये करिब ५० प्रतिशत विधार्थीहरुको जागिर अफर आउनुपर्छ भन्ने आफूहरूको आकलन रहेको विष्टको भनाई छ । सेलेक्ट भए नभएको सूचना केही दिनमै थाहा हुने छ । कम्पनी र विधार्थीहरुको उत्साहजनक उपस्थिति रहेको छ । विद्यार्थीहरू कन्फिडेन्टली अन्तरवार्ता फेस गरिरहेका छन् । सबै जना होपफुल रहेको छन् । 

यस प्रकारको कार्यक्रमले विधाथीहरुलाई आफ्नो इच्छा अनुसार एकै दिन, एकै ठाउँमा धेरै वटा कम्पनीहरूमा धाइरहने, जागिरको लागी विभिन्न कम्पनीहरूमा आवेदन दिने झन्झटबाट मुक्ति मिलेको प्रिन्सिपल विष्टले बताए । त्यसतै कम्पनीहरूले पनि आफ्नो आवश्यकता अनुसार छानी छानी क्वालिटी भएका विधार्थीहरुलाई एकै ठाउँमा रिक्रुटमेन्ट  गर्न सहज वातावरण बनेको उनको भनाई छ । 

अन्य देशको तुलनामा नेपालमा यस्ता प्रकारको कार्यक्रम कम हुने भए पनि विजिनेस स्कुल, युनिग्लोव जस्तो कलेजले यसको राम्रो सुरुवात गरेकोमा आयोजकले खुसी व्यक्त गरेका छन् ।

Skip This
Skip This
Logo