काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठक सोमबार पुनः बस्नेगरी सकिएको हो ।
आजको छलफलमा मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर कुन कुन मन्त्रीलाई हटाएर कसलाई पठाउने भन्नेबारे आज छलफल नभएको उनको भनाइ छ । प्रवक्ता श्रेष्ठले भने–‘मन्त्रिपरिषद् पुनर्गठनबारेमा आजको बैठकमा छलफल भएको छ । मन्त्रिपरिषद् पुनर्गठनबारे नीतिगत रूपमा र मापदण्डबारे छलफल सुरू भएको छ । नामबारे छलफल भएन । आवश्यक परेमा नामबारे प्रधानमन्त्रीसँग पछि यसबारे छलफल गर्न सकिन्छ ।’
आजको सचिवालय बैठकमा चार एजेण्डा पेश गरिएको थियाे । हालै सकिएको स्थायी कमिटी बैठकको निर्णय र निष्कर्षलाई कार्यान्वयन गर्न सचिवालय बैठक बसेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।





























प्रतिक्रिया