शीतलहरले तराईका जिल्लाहरूकाे जनजीवन प्रभावित, सबैभन्दा बढी असर महोत्तरीमा

शीतलहरले तराईका जिल्लाहरूकाे जनजीवन प्रभावित, सबैभन्दा बढी असर महोत्तरीमा

केन्द्रबिन्दु
0
Shares

महोत्तरीमा चिसोका कारण जनजीवन प्रभावित बन्न थालेको छ। पछिल्लो तीन दिनदेखि बढेको अत्याधिक चिसोको कारण जनजीवन प्रभावित बनेको हो। अघिल्लो वर्षको तुलनामा ढिलो गरी सुरु भएको शीतलहरको प्रभाव विशेष गरी विद्यालय, गरिब र विपन्न वर्गमा देखिएको छ।

शीतलहरसँगै न्यानो कपडाको अभावमा अभिभावकले आफ्ना छोराछोरीलाई विद्यालय नपठाएर दाउराको जोहो गरेर आगो बाल्न थालेका छन्। विद्यार्थी आउनेको संख्या घट्दै र चिसो बढेपछि सोनामा गाउँपालिकाले तीन दिनको लागि बन्द गरेको छ भने अन्य पालिकाले समेत धमाधम विदा दिने तयारी गरिरहेका छन् ।

महोत्तरीलगायत प्रदेश २ का आठवटै जिल्लामा सावधानी अपनाउन मौसमविदहरूले चेतावनी दिएका छन्। चिसो बढेकै कारण निजी तथा सामुदायिक विद्यालयहरूले आन्तरिक परीक्षाहरू सञ्चालन गरिरहेका छन्। 

पछिल्लो एक दशकयता शीतलहरको प्रभाव बढ्दै गएको छ। एक अध्ययनअनुसार महोत्तरीको मात्र शीतलहरको कुरा गर्ने हो भने विगत २० वर्षदेखिको तापक्रम हेर्दा औसत अधिकतम तापक्रम र सामान्य तापक्रममा ६ डिग्री सेन्टीग्रेडको फरक पाइएको छ। त्यसैले अधिकतम र न्युनतम तापक्रमबीचको अन्तर जति बढ्दै जान्छ त्यति नै शीतलहरको प्रकोप बढ्दै जाने विज्ञहरूको भनाइ छ।

युनीएसडीआर र युएनडीपीको सन् २००१ देखि २०११ सम्मको तथ्यांक हेर्दा तराईका जिल्लामध्ये महोत्तरी सबैभन्दा बढी प्रभावित जिल्ला मानिन्छ। २०११ देखियता शीतलहरका कारण ज्यान गुमाउनेमा सबैभन्दा बढी महोत्तरीका नै छन्।

खाडीतिरबाट पाकिस्तान, जम्बुकास्मिर, दिल्ली हुँदै आएको हावाको एउटा लप्काले तराई भेगमा प्रवेश पाउने र पश्चिमी हावाको प्रभाव जमेपछि चुरेबाट दक्षिणको भागमा अधिकांश रुपमा शीतलहर देखिने एउटा प्रक्रिया भए पनि पछिल्लो समय जलवायुको परिवर्तनले नियमित चक्रमा समेत फेरबदल हुने क्रम बढेको वातावरणविदहरूको भनाइ छ।

लामो समयदेखि महोत्तरीका पालिकाहरूमा वातावरणीय क्षेत्रमा काम गर्दै आएका विराट पन्त चिसोको उतारचढाव पनि जलवायु परिवर्तनकै परिणाम रहेको बताउँछन्। महोत्तरीको कुनै पनि  पालिकाका जनप्रतिनिधिहरूले  सर्वसाधारणको स्वास्थ्यमा शीतलहरले प्रतिकुल प्रभाव पार्न सक्ने जोखिमतर्फ ध्यान दिन सकेका छैनन्। 

Skip This
Skip This
Logo