‘देउवाकै नेतृत्वमा चुनाव, एमालेलाई एक सिट पनि जित्न नदिने’

‘देउवाकै नेतृत्वमा चुनाव, एमालेलाई एक सिट पनि जित्न नदिने’

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले वर्तमान सरकारले नै आगामी निर्वाचन गराउने बताएका छन् । 

काठमाडौंमा बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वकै सरकारले आगामी निर्वाचन गराउने बताएका हुन् । 

आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन रहने बताउँदै उनले चुनावमा एमालेलाई एक सिट पनि जित्न नदिने दाबी गरे । 

‘अब हुने निर्वाचन देउवाकै नेतृत्वमा हुन्छ । हामी पाँच दलीय गठबन्धनलाई साथ लिएर आगामी निर्वाचनमा जान्छौं, र प्रतिगमनलाई पुरै परास्त गर्छौं। हामी एमालेलाई देशभरि एउटा पनि सिट जित्न दिँदैनौँ,’ उनले भने । 

साथै देउवाले पार्टीभित्र पनि सबैलाई मिलाएर अघि बढ्ने उनको यादवको भनाइ छ। 

Skip This
Skip This
Logo