ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलकाे कार्यालयमा

ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलकाे कार्यालयमा

केन्द्रबिन्दु
0
Shares

ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ। 

केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीवार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो। ललिता निवासको सरकारी जग्गालाई किर्ते गरी बेचबिखनमा संलग्न रहेको आरोपमा ब्यूरोले ३ सय जनाभन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार पारेको छ। 

जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले प्रतिवेदन कार्यालयमा आइपुगेको बताए। उनले सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गर्न सरकारी वकिल तोक्ने र आवश्यक प्रक्रिया अगाडि बढाउने बताए। 

उनले प्रहरीले जति जनालाई प्रतिवादी बनाएको भएपनि सरकारी वकिल कार्यालयले अध्ययन गरिसकेपछि प्रतिवादी घटबढ् हुनसक्ने बताए।

Logo