राष्ट्रियसभाको निर्वाचनका लागि सुरक्षा चुनौतीका विषयमा छलफल

राष्ट्रियसभाको निर्वाचनका लागि सुरक्षा चुनौतीका विषयमा छलफल

केन्द्रबिन्दु
0
Shares

आसन्न निर्वाचनमा सुरक्षालाई मध्यनजर गर्दै सरकारले सुरक्षा अवस्थाका बारेमा छलफल गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बिहीबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षा चुनौतीका विषयमा छलफल भएको हो।

बैठकमा राष्ट्रियसभाको निर्वाचन तथा आसन्न स्थानीय तहको निर्वाचनमा गरिने सुरक्षा तयारीका बारेमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते हुँदैछ।
    
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाख महिनामा गर्न प्रस्ताव गरेको छ। यद्यपि सरकारले निर्वाचनको मिति तय भने गरेको छैन। बैठकमा तराई–मधेसका क्षेत्रमा सिके राउत समूहका गतिविधिले सुरक्षा चुनौती थपेको निष्कर्ष पेश गरिएको थियो।

“समसामयिक सुरक्षा अवस्था र आगामी दिनका सुरक्षा चुनौतीका बारेमा समितिमा छलफल भयो”, उनले भने। समितिको बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतका उच्च अधिकारी उपस्थिति थिए।

Skip This
Skip This
Logo