आज देशभर एमालेकाे जिल्ला अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

आज देशभर एमालेकाे जिल्ला अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)ले आज देशभर जिल्ला अधिवेशन गर्दैछ। प्रतिकूल माैसमका कारण केही हिमाली जिल्ला र तयारी नपुगेका बाहेक जिल्लामा भने अधिवेशनकाे अर्काे मिति तय हुनेछ। 

एमालेका अध्यक्ष केपी ओलीले बिहान ११ बजे जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन्। केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

एमालेको १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ उद्घाटन हुन लागेको हो। 

जिल्ला तहमा पनि सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न केन्द्रले निर्देशन दिएको छ। जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएका पार्टी सदस्यलाई नै आधार बनाउन एमालेले सर्कुलर गरेको छ।

जिल्ला अधिवेशन सकिए लगत्तै प्रदेश सम्पर्क कमिटी र प्रदेश संगठन कमिटीको अधिवेशनको तयारी थाल्ने एमालेले जनाएको छ। एमालेको प्रदेश अधिवेशन भने माघ ८ गतेका लागि तोकिएको छ। 

Skip This
Skip This
Logo