दक्षिण अफ्रिकासँग भारत सात विकेटले पराजित

दक्षिण अफ्रिकासँग भारत सात विकेटले पराजित

केन्द्रबिन्दु
0
Shares

दोस्रो टेष्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग सात विकेटले पराजित भएको छ।

जोहनिसबर्गमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई २४० रनको चुनौती दिएको थियो। कप्तान डिन एल्गरको अभिजित ९६ रनको मद्दतमा दक्षिण अफ्रिकाले सहज जित निकाल्यो।

भारतले पहिलो पारीमा २०२ र दक्षिण अफ्रिकाले २२९ रन बनाएका थिए। दोस्रो पारीमा भारतीय टोलीले २६६ रन बनाएको थियो। भारतका नियमित कप्तान बिराट कोहलीले खेलेका थिएनन्। भारतको कप्तानी केएल राहुलले गरेका थिए।

यससँगै दक्षिण अफ्रिका तीन म्याचको सिरिज १–१ को बराबरी गर्न सफल भयो । अब तेस्रो टेष्ट ११ जनवरीमा हुनेछ। पहिलो टेष्ट भारतले जितेको थियो।

Logo