डिजिटल अभियान सहकार्य सम्बन्धनका लागि ग्लोबल आइएमई बैंक तथा राजविराज नगरपालिकाबीच बिहीबार समझदारी भएको छ।
नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंक र राजविराज नगरपालिकाबीच चार बुँदे समझदारी भएको हो।
राजविराज नगरपालिकाका तर्फबाट नगर प्रमुख शम्भुप्रसाद यादव र बैंकका तर्फबाट शाखा प्रमुख मनिष महासेठले हस्ताक्षर गरेका छन्।
समझदारी अनुसार नगरपालिकाले नगरको विभिन्न स्थानमा फ्री वाईफाई जडान गर्ने र बैंकले नगरको विभिन्न क्षेत्रमा रहेको पसल, उद्योग, हाटबजार र माछा हटियालगायतका स्थानमा खाता खोली क्युआर कोड र पिओएस मेशिन प्रदान गर्नेछ।
यस्तै बैंकले नगर क्षेत्रका लागि नगरपालिकाको सहकार्यमा ३० वटा डस्टबिन प्रदानलगायतको समझदारी भएको राजविराज नगरपालिका मेयर सम्भु यादवले जानकारी दिए।
उक्त समझदारीले नगरवासीले डिजिटल सेवाको सहजरूपमा प्रयोग गर्न पाउने, सरसफाई र नगरको विकासमा टेवा पुग्ने विश्वास नगरप्रमुख यादवको छ।































प्रतिक्रिया