कर्णाली प्रदेशसभाकाे अधिवेशन पुस २८ गते

कर्णाली प्रदेशसभाकाे अधिवेशन पुस २८ गते

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशसभाको नवौँ (हिउँदे) अधिवेशन पुस २८ गते बस्ने भएको छ। प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निर्णय बमोजिम नेपालको संविधान धारा १८३ (१) बमोजिम प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन्।

प्रदेशसभा बैठक पुस २८ गते बुधबार अपराह्न ३ बजे बोलाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। 

यसअघि गत मङ्सिर १४ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनार्थ प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको थियो।

Skip This
Skip This
Logo