देश एमालेकै वरिपरी घुमिरहेको छः नेता रायमाझी

देश एमालेकै वरिपरी घुमिरहेको छः नेता रायमाझी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले एमाले अध्यक्ष ओलीलाई मदन भण्डारीसँग तुलना गरेका छन्।

एमाले अर्घाखाँचीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता रायमाझीले धेरै व्यक्तिहरूले एमालेको नेतृत्व गरेका भए पनि कि त मदन भण्डारीको चर्चा भएको कि केपी ओलीको मात्र चर्चा भएको भन्दै केपी ओलीलाई मदन भण्डारीसँग तुलना गरेका हुन्। 

‘केपी ओली लामो समय जेल बस्नु भो,’ नेता रायमाझीले भने, ‘पछि जेलबाट निस्किए पनि मुल नेतृत्वमा रहनु भएन। तर, चर्चा मदन भण्डारीको छ कि केपी ओलीकै छ।’

नेता रायमाझीले प्रमुख प्रतिपक्षीका विरुद्ध आम गठबन्धन बन्नु सत्ताधारीको हारको उपज भएको बताए । कांग्रेस महाधिवेशनमा समेत ओलीको पक्षमा नाराबाजी भएको भन्दै रायमाझीले एमालेविरुद्ध चौतर्फी घेरावन्दी भए पनि आफूहरू ठिक ठाउँमा रहेको दाबी गरे। 

‘सत्तापक्षी पार्टीको अधिवेशन छ,’ नेता रायमाझीले भने, ‘तर चर्चा ओलीकै हुन्छ, भनेपछि देश एमालेकै वरिपरी घुमिरहेको छ।’ 

Logo