आलोचना भएपछि प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले फिर्ता गरे सरकारी गाडी

आलोचना भएपछि प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले फिर्ता गरे सरकारी गाडी

केन्द्रबिन्दु
0
Shares

प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले प्रयोग गर्दै आएको प्रदेश सरकारको गाडी मन्त्रालयमा फिर्ता गरेका छन्। 

आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रशासन शाखा प्रमुख सतिस सत्यालका अनुसार राईले प्रयोग गरेको गाडी शुक्रबार मन्त्रालय आइपुगेको हो। 

को१झ ५६५ नम्बरको गाडी पूर्वमुख्यमन्त्री राईले पदबाट हटेको लामो समयसम्म फिर्ता नगरेको भन्दै आलोचना भएको थियो। 
 
राईले आर्थिक मामिला तथा योजना मन्त्रालयको को१झ ५६५ नम्बरको गाडी मुख्यमन्त्रीबाट भदौ १० गते राजीनामा दिए पनि प्रयोग गर्दै आएका थिए। प्रदेश सरकारले पूर्वमुख्यमन्त्रीलाई कुनै किसिमको सेवा सुविधा दिने व्यवस्था नगरे पनि राईले हालसम्म गाडी फिर्ता गरेका थिएनन्।

तत्कालीन मुख्यमन्त्री राईले २०७७ पुस १२ गते तत्कालिन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेपछि उक्त मन्त्रालयकाे गाडी लगेर काठमाडौंस्थित मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा राखेका थिए। 

गाडी फिर्ता गर्न पटक पटक मन्त्रालयले ताकेता गरे पनि उनले आनाकानी गरेका थिए। 

Skip This
Skip This
Logo