एमाले पाल्पा अध्यक्षमा धनेन्द्रराज घिमिरे सर्वसम्मत चयन

एमाले पाल्पा अध्यक्षमा धनेन्द्रराज घिमिरे सर्वसम्मत चयन

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) पाल्पा जिल्ला अध्यक्षमा धनेन्द्रराज घिमिरे चयन भएका छन्। शुक्रबार राति सकिएको जिल्ला अधिवेशनबाट घिमिरे अध्यक्षमा सर्वसम्मत चुनिएका हुन्।

अधिवेशनबाट उपाध्यक्षमा देविलाल लामिछाने, सचिवमा रामजी पोखरेल चयन भएका छन्। सहसचिवमा टीका थापा र सुनिता शर्मा छानिएका छन्। 

लुम्बिनी प्रदेशका अन्य जिल्लाको भने अधिवेशन जारी छ। रुपन्देहीमा शुक्रबारदेखि सुरु भएको अधिवेशनले शनिबार नेतृत्व चयन गर्ने सम्भावना छ। सर्वसम्मत नेतृत्व चयन गरी अधिवेशन टुंग्याइने एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले बताए।

Logo