नेकपा (एमाले) दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत चयन भएका छन्। पार्टी विभाजनपछि अध्यक्षकाे जिम्मेवारी सम्मालिरहेका बस्नेत १३औँ जिल्ला अधिवेशनबाट नेतृत्वमा आएका हुन्।
तुलसीपुर उपमहानगरपालिका-१२ का स्थायी बासिन्दा पार्टी विभाजन अघि भने जिल्ला उपाध्यक्षको जिम्मेवारीमा थिए।
उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हिरादेवी पुन चयन भए। तीन वर्षे कार्यकालका लागि एमाले जिल्ला कमिटी १ सय २१ सदस्यको चयन गरिएको छ।































प्रतिक्रिया