‘प्रचण्ड’ लाई कोरोना भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री पनि आइसोलेशनमा

‘प्रचण्ड’ लाई कोरोना भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री पनि आइसोलेशनमा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेशनमा बसेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी शनिबारदेखि आइसोलेशनमा बसेका हुन्। प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आज हुनेछ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना सङ्क्रमण भएपछि प्रधानमन्त्री देउवा आइसोलेशनमा बसेका हुन्। दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी थिए।

प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन्। माओवादीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ।रासस

Logo