एमाले धनकुटा अध्यक्षमा इन्द्रमणी पराजुली सर्वसम्मत

एमाले धनकुटा अध्यक्षमा इन्द्रमणी पराजुली सर्वसम्मत

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले धनकुटाको सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा इन्द्रमणी पराजुली सर्वसम्मत निर्वाचित भएका छन्। अध्यक्ष पराजुलीसहित पाँच पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन्। अध्यक्षसहित पदाधिकारीमा अरु कसैले मनोनयन दर्ता नगराएका कारण सर्वसम्मत भएका छन्। 

उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा निरन राई र दुई उपसचिवमा शिव आङ्ला र सुष्मा राई सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटीमा सदस्यतर्फ पनि सर्वसम्मत चयन भएको छ। 

शुक्रबारदेखि जारी अधिवेशनमा अध्यक्षका दाबेदार तामाङ, राई र आङ्लाले आकांक्षा राखेको भए पनि उनीहरुलाई क्रमश: उपाध्यक्ष, सचिव र उपसचिव बनाएर पराजुलीलाई सर्वसम्मत अध्यक्ष बनाएको हो। सुरुमा ४ जनाले दाबी गरेको भए पनि अन्तिम समयमा आएर पराजुली र राईले अध्यक्षमा दाबी गरेका थिए। अन्तिममा सहमतिमा जिल्ला कमिटी घोषणा गरिएको हो।

जिल्ला अधिवेशनमा ७ वटा स्थानीय तहबाट करिब ९ सय प्रतिनिधि सहभागी भएका थिए। जिल्ला कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य सहभागी गराइने जनाइएको छ।

Skip This
Skip This
Logo