टिपरको ठक्करबाट कलङ्कीमा एक जनाकाे मृत्यु

टिपरको ठक्करबाट कलङ्कीमा एक जनाकाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ।

गएराति बा४ख ६८४३ ले नम्बरको टिपरले बा२ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार हाल ललितपुर बस्दै आएका बझाङ फलराका २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनी मोटरसाइकलको पछाडि सवार थिए। 
    
ठक्करबाट सख्त घाइते उनको कलङ्कीस्थित शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा सख्त घाइते मोटरसाइकल चालक ललितपुर धोवीघाट बस्ने बझाङ चैनपुरका २६ वर्षीय निखिल बमको सोही अस्पतालमा उपचारपछि थप उपचारका लागि सुन्धारास्थित भ्याली अस्पताल ल्याइएको छ। टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यता ललितपुर महानगरपालिका–४ जावलाखेलस्थित सडक पेटीमा एक पुरुष आज मृत फेला परेका छन्। अन्दाजी ४०/४५ वर्षको देखिने मृतकको पहिचान खुलेको छैन । उक्त घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo