एमाले तेह्रथुमकाे अध्यक्षमा तेजमान कन्दङवा

एमाले तेह्रथुमकाे अध्यक्षमा तेजमान कन्दङवा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले तेह्रथुमको ११औँ जिल्ला अधिवेशनबाट तेजमान कन्दङवा सर्वसहमत अध्यक्षमा चयन भएका छन् । गत शुक्रबारदेखि सुरू भएको अधिवेशनले आइतबार नयाँ नेतृत्व सर्वसहमत चयन गरेको हो।

अधिवेशनबाट उपाध्यक्ष सञ्जय तुम्बाहाम्फे, सचिव शिव ढुङ्गाना चयन भएका छन्। यस्तै, उपसचिवमा छत्र रिमाल र गणेश सोदेम्बा चयन भएका छन्। अधिवेशनबाट जिल्ला पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटी सर्वसहमत चयन भएको एमाले तेह्रथुमले जनाएको छ। जिल्लाको ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन गरेको एमालेले जिल्ला कमिटी पनि सर्वसहमत चयन गरेको छ।

जिल्ला अध्यक्षका लागि पूर्व जिल्ला अध्यक्ष लछुमन तिवारी र कन्दङ्वाले जिल्ला अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए। सर्वसहमत नेतृत्व चयनका लागि जिल्लाका नेताहरू निक्कै लामो कसरतमा जुट्नु परेको थियो। अधिवेशनमा लागि ६ वटै पालिकाबाट पाँच सय ५० प्रतिनिधिको सहभागी थियो।

Skip This
Skip This
Logo