चीनमा सिनेमा हल सञ्चालनलाई थप सहज बनाइने

चीनमा सिनेमा हल सञ्चालनलाई थप सहज बनाइने

केन्द्रबिन्दु
0
Shares

वुहान ।
चीनले सिनेमा हल र अन्य प्रदर्शन स्थलहरूमा कोभिड–१९ नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धहरूलाई थप खुकुलो बनाएको छ ।

यो वर्षको सुरूदेखि नै कोभिड–१९ नियन्त्रणका लागि भन्दै सिनेमा हल तथा अन्य नाटक प्रदर्शनीमा प्रतिबन्ध लगाएको थियो । तर चीनमा महामारी नियन्त्रणमा आएपछि गत महिनादेखि सिनेमा हल तथा नाटक प्रदर्शन लगायतमा सिमित दर्शक राखी सञ्चालन गर्ने अनुमति दिएको थियो ।

उक्त दायरालाई फराकिलो पार्दै छिट्टै प्रतिबन्धलाई थप खुकुलो बनाउने चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ । आगामी दिनमा हलमा दर्शक सङ्ख्या ७५ प्रतिशत राख्न पाउने पनि मन्त्रालयले जनाएको छ ।

यसले थपे कि ठूला ठूला व्यवसायिक प्रदर्शनहरूका लागि अझै पनि स्थानीय महामारीको नियन्त्रण अवस्थाको आधारमा दर्शक सङ्ख्याहरूको उचित नियन्त्रण आवश्यक रहेको भन्दै यसका साथै स्थानीय अधिकारीको सहमतिले कम जोखिम भएका क्षेत्रहरूमा व्यवसायिक प्रदर्शनलाई अनुमति दिइनेछ । हलभन्दा बाहिर हुने प्रदर्शनका लागि स्थानीय सङ्क्रमण खतराको अवस्था हेरी क्रमशः प्रतिबन्धलाई खुकुलो पारिनेछ ।रासस

Skip This
Skip This
Logo