ललितपुर महानगरद्वारा सुनाकोठी सडकमा मापदण्ड मिचेर पर्खाल निर्माण

ललितपुर महानगरद्वारा सुनाकोठी सडकमा मापदण्ड मिचेर पर्खाल निर्माण

केन्द्रबिन्दु
0
Shares

ललितपुर महानगरपालिकाले कान्ति लोकपथअन्तर्गत सुनाकोठी सडकमा मापदण्ड मिचेर पर्खाल लगाएको छ। झन्डै सडक जति नै फुटपाथ राखेर पर्खाल लगाउन सुरु गरिएकाे छ।

९२ किलोमिटर लम्वाइ रहेको कान्ति लोकपथअन्तर्गत पर्ने सुनाकोठी सडक ११ मिटर चौडा गर्न ०७२ सालमा सौलुङ कन्ट्रक्सनलाई दिइए पनि मुआव्जा र क्षतिपूर्ति नदिँदा विस्तार भएन। ०७७ सालमा सरकारले यथास्थितिमै सडक कालोपत्र गरेको थियो। 

पर्खाल लगाउँदा  सडकमा गाडी गुड्न समस्या हुने सुनाकोठीमा यात्रारत रमेश घिमिरेले बताए । उनले भने, ‘सडक साँघुरो छ । फुटपाथबाट मोटरसाइकल गुड्थे । गाडीलाई साइट दिन सजिलो भएको थियो । अब पर्खाल लगाएपछि  दोहोरो गाडी छिर्न मुस्किल भयो ।’

साँघुरो सडक त्यसमाथि बीचबाट महानगरपालिकाले फुटपाथ बनाउने भन्दै पर्खाल लगाएपछि सडकमा सधैं जाम हुने गरेकाे छ। उनले भने, ‘जाम भयो भने यहाँका बासिन्दालाई पनि समस्या हुन्छ। महानगरले बुझ्नु पर्ने हो।’

फुटपाथ बनाउन भन्दै महानगरपालिका-२७ का वडाध्यक्ष बाबुराजा महर्जनले फुटपाथ बनाउन काम सुरु गरेको बताएका छन्। सम्पदा क्षेत्र रहेको ठाउँ फोहोर रहेकाले व्लक छाप्न पेटी बनाएको बताए। उनले भने, ‘कालोपत्रे भएको सडकमा पर्खाल लगाएको होइन, अघिल्लो वर्ष पनि यहाँ पर्खाल लगाइएको थियो।’

महानगरले गठन गरेको उपभोक्ता समितिका अध्यक्ष कविन्द्र डंगोलले १० लाख बजेटमा काम गर्न लागिएको बताए। टोलबासीको योजनामा पर्खाल लगाइएको उनले बताए। उनले भने, ‘जात्रा गर्न पनि समस्या भयो। फोहोर पनि भयो। सुनाकोठीमा जताततै व्लक राखिएको छ।’न्युज कारखाना

Skip This
Skip This
Logo