म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप चार वर्ष जेल सजायँ

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप चार वर्ष जेल सजायँ

केन्द्रबिन्दु
0
Shares

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप ४ वर्ष जेल सजायँ सुनाइएको छ। यसअघि उनीमाथि लगाइएका चार वटा आरोपमा दोषी ठहर गर्दै म्यानमारको अदालतले उनलाई थप चार वर्ष जेल सजायँ सुनाएको हो। 

अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाए अनुसार सुकीलाई बिनालाइनसेन्सको ‘वाकी टकी’ राखेको आरोपमा दुई वर्ष र कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्ध उल्लंघन गरेको आरोपमा दुई वर्षसमेत चार वर्ष जेलसजाय सुनाइएको हाे।

सैन्य ‘कु’ गरेपछि गत वर्ष फेब्रुअरी १ मा सेनाले ७६ वर्षीया सुकीको घरमा तलासी लिँदा बिनालाइसेन्सको वाकी टकी फेला पारेको थियो। गत महिना उनलाई कोभिड-१९ को मापदण्ड उल्लंघन गरेको आरोपमा चार वर्ष जेल सजाय सुनाइएको थियो।एजेन्सी

Skip This
Skip This
Logo