आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले  मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ १७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७७ पैसा कायम गरेको छ। 

युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ६२ पैसा र बिक्री दर १६१ रुपैयाँ ४४ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ३३ पैसा र बिक्री दर १२८ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ १० पैसा र बिक्री दर ८५ रुपैयाँ ५३ पैसा छ।  क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ १५ पैसा छ। 

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ २२ पैसा र बिक्रीदर १० रुपैयाँ २८ पैसा  छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८ रुपैयाँ ६३ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ। 

साउदी अरबियन रियाल  एकको खरिद दर ३१ रुपैयाँ ४८ पैसा र बिक्री दर ३१ रुपैयाँ ६४ पैसा  छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ४६ पैसा र बिक्री दर ३२ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २८ पैसा रहेको छ। कोरियन वन १०० को खरिद दर  ९ रुपैयाँ ८७ पैसा र बिक्री दर ९ रुपैयाँ ९२ पैसा कायम भएको छ।

Skip This
Skip This
Logo