जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले बोरुसिया मोन्चेनग्लाडवाकमाथि सहज जित निकाल्दै विययी सुरुवात गरेकाे छ ।
बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमा डर्टमुन्डले बोरुसिया मोन्चेनग्लाडवाकमाथि ३–० को सहज जित निकालेकाे हाे । सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा घरेलु टोलीको सहज जितमा एर्लिङ ब्राउट हालान्डको दुई गोल गर्दा जियोभानी रेनाले एक गोल थपे ।
प्रतिस्पर्धात्मक बनेको खेलको ३४औं मिनेटमा जियोभानी रेनाले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । दोस्रो हाफकाे सुरुमै डर्टमुन्डले पेनाल्टी गोलमार्फत अग्रता दोब्बर बनायो ।
खेलकाे ७६औं मिनेटमा इंग्लिस युवा मिडफिल्डर जाडोन सान्चोको उत्कृष्ट पासमा हालान्डले उत्कृष्ट फिनिस गर्दै डर्टमुन्डलाई ३–० को अग्रता दिलाए ।
यसभन्दा बढी गोल हुन नसकेपछि डर्टमुन्डले जित निकालेकाे हाे ।































प्रतिक्रिया