काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ जाने भएका छन् । लालमटीयामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न ओली त्यसतर्फ जान लागेका हुन् । त्यहाँ उनले राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन गर्ने पनि कार्यक्रम तय भएको छ ।
राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने उक्त पुल निर्माण अवधिभन्दा अगावै बनेको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०७३ मंसिरमा शिलान्यास गरेको सो पुल एक अर्ब रुपैयाँको लागतमा निर्माण भएको हो ।
उता लालमटीयामा आयोजना गरिएको जनसभालाई प्रधानमन्त्री ओली लगायत लुम्बिनी प्रदेशका अन्य नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । यहाँको जनसभामा ५० हजार कार्यकर्ता जम्मा गर्ने तयारी आयोजकले गरेको छ ।































प्रतिक्रिया