सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न हिँडेकी वृद्धाको बाटोमै मृत्यु

सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न हिँडेकी वृद्धाको बाटोमै मृत्यु

केन्द्रबिन्दु
0
Shares

बैंक खाता खोल्न हिँडेकी ६० बर्षीया वृद्धाको बीच बाटोमै मृत्यु भएको छ। कालिकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बाटोमै मृत्यु भएको हो। 

पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि उनी खाता खोल्न करिब १० किलोमिटर टाढाको थिर्पु जाँदै थिइन्। सोही क्रममा वृद्धाको ज्यान गएको हो। 

१० किलोमिटर हिँडेर खाता खोल्न जानु पर्ने भएपछि उनी बिहीबार बिहानै घरबाट हिँडेकी थिइन्। वृद्धावस्था र शारीरिक रुपमा पनि अस्वस्थ हुँदाहुँदै उनी घरबाट निस्केको स्थानीयले बताएका छन्।  उनी पलाँताको थिर्पुमा रहेको नबिल बैंकमा खाता खोल्न आउँदै थिइन्।

Logo