उपत्यकाका खोप केन्द्रहरुमा खोप लगाउनेको भीड उच्च

उपत्यकाका खोप केन्द्रहरुमा खोप लगाउनेको भीड उच्च

केन्द्रबिन्दु
0
Shares

माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेको भीड बढेको छ।

काठमाडौं जिल्ला प्रशासनले सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) मा प्रवेश गर्दा माघ ७ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड हेरेर मात्रै प्रवेश दिने व्यवस्था गर्ने आदेश गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेहरुको भीड बढेको हो। 

काठमाडौंका विभिन्न खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भीड उल्लेख्य मात्रामा बढेको देखिन्छ। बिहीवार टेकु अस्पतालमा धेरै भीड देखियो । खोप लगाउनेहरुको भीडले जनस्वास्थ्यको मापदण्ड तथा भौतिक दुरीसमेत कायम गर्न नसकेको दृश्य स्पष्ट देखिन्थ्यो। टेकु अस्पताल परिसरभन्दा बाहिर सडकसम्मै खोप लगाउनेहरुको लाइन थियो।

Skip This
Skip This
Logo