पाँच दिनभित्र होल्डिङ सेन्टर बनाइसक्न प्रदेश १ का मुख्यमन्त्री राईको निर्देशन

पाँच दिनभित्र होल्डिङ सेन्टर बनाइसक्न प्रदेश १ का मुख्यमन्त्री राईको निर्देशन

केन्द्रबिन्दु
0
Shares

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाँच दिनभित्र होल्डिङ सेन्टर तयार गर्न निर्देशन दिएका छन्। विराटनगर जुटमिल परिसरको खाली जमिनमा निर्माण भइरहेको होल्डिङ सेन्टरकाे ७५ प्रतिशत काम पूरा भइसकेको छ। कोरोना संक्रमति बढ्दै गएपछि मुख्यन्त्री राईले बिहीबार नाका तथा होल्डिङ सेन्टर अनुगमन गर्दै पाँच दिनभित्र सक्न निर्देशन दिएका हुन्।

नेपाली सेनाले दुई महिनाभित्र बनाइ सक्ने बताएपछि मुख्यमन्त्री राईले एक साताभित्र दुई सय जना मात्रै अट्ने भए पनि तयार गर्न निर्देशन दिएका हुन्। तर, नेपाली सेनामार्फत काम गरिरहेको हनुमान कन्स्ट्रक्सन कम्पनीले एक सय जना अट्ने होल्डिङ सेन्टर बनाउन पाँच दिन र दुई सय जना अट्ने बनाउन दुई साता लाग्ने बताएकाे थियाे। 

संघीय सरकारले रकम निकासामा ढिला गरेकाले होल्डिङ सेन्टर निर्माण ढिला भएको नेपाली सेनाले जनाएकाे छ। बत्ती तथा पानीको व्यवस्था गरिदिन समेत सेनाले मुख्यमन्त्रीसँग आग्रह गरेकाे छ। पानी, बत्ती तथा जनशक्ति भए पाँच दिनमा होल्डिङ सेन्टर तयार गर्ने प्रतिबद्धता जनाएको छ। 

अहिले सीमा नाकामा काेराेना पोजेटिभ रिपोर्ट आएकाहरूलाई नेपालतर्फका भए परिवारको जिम्मा लगाएर मात्रै छाड्ने गरिएको छ। अनुगमनाका क्रममा मुख्यमन्त्री राईले रानी नाकामा कडा गर्न समेत प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई निर्देशन दिएका छन्। प्रमुख जिल्ला अधकारी दाहालले पनि भारतबाट आउनेसँग मात्रै नभई नेपालबाट भारततर्फ जानेको पनि खोप कार्ड अनिवार्य गर्ने बताएका छन्। आउनेबाट मात्रै होइन जानेमा पनि जाेखिम बढेकाले नियन्त्रण गर्न दुर्वतर्फ खोप कार्ड अनिवार्य गर्ने उनको बताए।

कोरोना नियन्त्रणमा प्रदेश सरकारको तयारी फितलो भएकाे भनेर विरोध हुन थालेपछि मुख्यमन्त्री राईले आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, सामाजिक विकासमन्त्री जयराम यादवसहितको टोली लिएर उनी सो क्षेत्रमा पुगेका हुन्।

सयमै होल्डिङ सेन्टर तयार नहुँदा नाकामा परीक्षण गरिएका व्यक्तिहरू जतासुकै हिड्ने गरेका छन्। पोजेटिभ रिपोर्ट आएकाहरू पनि परिवार नआएसम्म सडक किनारमै बस्ने गरेका छन्। 

Skip This
Skip This
Logo