एट्लेटिकोलाई पराजित गर्दै एथ्लेटिको क्लब स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति साउदी अरबमा भएको खेलमा २-१ गोलले पराजित गर्दै एथ्लेटिकोले उपाधिका लागि रियल मड्रिडसँगको भेट पक्का गरेको हो।
एथ्लेटिकोका गोलरक्षक उनई सिमोनले आफ्नौ पोष्टमा गोल गरेपछि ६२औं मिनेटमा एट्लेटिकोले अग्रता बनायो। तर, ७७औँ मिनेटमा अल्भारेज र ८१औँ मिनेटमा निको विलियम्सको गोलसँगै एथ्लेटिको खेलमा फर्कियो।
खेलको इन्जुरी समयमा मारिया गिमिनेजले रातो कार्ड सामना गरेपछि एट्लेटिको १० खेलाडीमा सीमित बनेको थियो। यसअघि बार्सिलोनालाई ३-२ ले पराजित गर्दै रियल मड्रिड फाइनल यात्रा तय गरिसकेको छ।































प्रतिक्रिया