माघ २ र १४ गतेदेखि कोरोनाको बुस्टर डोज लगाउने सरकारकाे निर्णय

माघ २ र १४ गतेदेखि कोरोनाको बुस्टर डोज लगाउने सरकारकाे निर्णय

केन्द्रबिन्दु
0
Shares

सरकारले कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिने भएको छ। यसअघि  कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो। 

स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर डोज दिन लागिएको हो। त्यसका लागि माघ २ र १४ गते तोकिएको छ।

माघको सुरुमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई र माघ महिनाको दोस्रो हप्तादेखि ६० वर्ष र माथिका नागरिकहरुलाई  बुस्टर डोज दिने निर्णय भएको बस्नेतले जानकारी दिइन्। 

पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाइने छ।

Skip This
Skip This
Logo