सिद्धार्थ बैंक लिमिटेडको १५ प्रतिशत लाभांश पारित

सिद्धार्थ बैंक लिमिटेडको १५ प्रतिशत लाभांश पारित

केन्द्रबिन्दु
0
Shares

सिद्धार्थ बैंक लिमिटेडको बीसौं वार्षिक साधारण सभा शुक्रबार बैंकका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको छ।

साधारण सभाले बैंकको चुक्तापूँजी रु.दश अर्ब छयानब्बे करोड बाईस लाख उनानसय हजार एक सय पन्चानब्बे रुपैँयाँ मात्र को १४.२५ प्रतिशत बराबर एक अर्ब छपन्न करोड एक्काइस लाख सत्ताइस हजार छ सय छत्तीस रुपैंयाँ बोनस शेयर तथा ०.७५ प्रतिशत बराबर आठ करोड बाईस लाख सत्र हजार दुई सय चौवालीस रुपैंयाँको नगद लाभांश (बोनस शेयर कर प्रयोजनका लागि मात्र) प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

वि.सं. २०५९ सालमा स्थापना भए देखिनै सिद्घार्थ बैंक ग्राहकवर्गको चाहना बमोजिम सेवा प्रदान गर्न प्रतिबद्ध रहँदै आएको छ। ग्राहकका लागि नवीनतम प्रविधिमैत्री सेवा विस्तार गर्दै १९ वर्षको सफल यात्रा पुरा गरेको यस सिद्धार्थ बैंक सम्पूर्ण सेवा ग्राहीहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न सधैँ प्रयत्नरत रहेको छ । 

बढि भन्दा बढी नेपाली माझ बैंकिङ्ग पहुँच पुर्याउने उद्देश्यका साथ बैंकले हालसम्म १८९ शाखा, २०८ एटिएम, ११४ शाखारहित बैंकिङ्ग, १,८९० पिओएस मार्फत देशभरी नै आफ्नो सञ्जाल विस्तार गरेको छ ।

Skip This
Skip This
Logo