रियल मड्रिडलाई स्पेनिस सुपर कपको उपाधि

रियल मड्रिडलाई स्पेनिस सुपर कपको उपाधि

केन्द्रबिन्दु
0
Shares

रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ। आइतबार राति साउदी अरवियाको रियादमा भएको फाइनल खेलमा एथ्लेटिको क्लबलाई २–० ले पराजित गर्दै रियलले १२औँ पटक सुपर कपको उपाधि हात पारेको हो। 

१० खेलाडीमा सीमित रियलको जितमा लुका मोड्रिक र करिम बेन्जेमाले १-१ गोल गरे। रोड्रिगोको पास सदुपयोग गर्दै लुका मोड्रिकले खेलको ३८औँ मिनेटमा रियललाई अग्रता दिलाए। ५२औँ मिनेटमा पाएको पेनाल्टी सदूपयोग गर्दै बेन्जेमाले २-० ले टोलीलाई अग्रता बनाए। 

खेलको ८७ मिनेटमा रियल १० खेलाडीमा समेटियो। इडर मिलिटाओले सिधै रातो कार्डको सामना गरे। त्यसको एक मिनेटपछि नै पाएको पेनाल्टी एथ्लेटिकोले सदुपयोग गर्न सकेन। राउल गार्सियाले पाएको पेनाल्टी सदूपयोग गर्न नसक्दा एथ्लेटिको गोलविहीन बन्यो।

Skip This
Skip This
Logo